एसीसी प्रिमियर कप शुक्रबारदेखि

एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता शुक्रबारदेखि ओमानमा सुरु हुँदैछ । प्रतियोगिता समूह ए मा नेपाल, हङकङ, मलेसिया, कतार र साउदीअरेबिया छन् । समूह बी मा युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान, बहराइन, कम्बोडिया र कुवेत छन् ।

हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कप टी-२० प्रतियोगिता खेल्न पाउनेछ। नेपाल प्रिमियर कपको उपाधि जित्न सक्ने प्रमुख दाबेदार टोली हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ