चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता बैशाखमा

चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता आगामी बैशाख २ गते हुने भएको छ।

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सह आयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को सहयोगमा आयोजना गर्न लागेको प्रतियोगितामा ६ सय बढी खेलाडीको सहभागिता रहने तेक्वान्दोका मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक नवीनकुमार श्रेष्ठले जनाएका छन्।

क्योरोगी र पुम्सेमा गरी जम्मा ४४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। क्योरोगीको सिनियर पुरुष तथा महिलामा समान ६/६ गरी १२ स्पर्धामा खेल हुनेछ। क्योरोगीकै जुनियर पुरुष तथा महिलामा समान १०/१० गरी २० प्रतिस्पर्धामा भिडन्त हुनेछ। पुम्सेको व्यक्तिगत, समूहगत र पेयरमा १२ स्पर्धामा खेलाडीले कौशल प्रदर्शन गर्ने छन्।

छनोट हुने ६ खेलाडीले जनही ५० हजार नगद पुरस्कार पाउने छन्। शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट प्रशिक्षक र निर्णायकलाई पनि जनही १० हजार नगदबाट पुरस्कृत गरिनेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ