चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल पुष्पसदनको विजयी सुरुआत

काठमाडौं, कात्तिक २२ गते ।
आयोजक पुष्पसदन आवासीय माध्यमिक विद्यालयले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार विजयी सुरुआत गरेको छ ।
कीर्तिपुरस्थित घरेलु कोर्टमा पुष्पसदनले एभीएमलाई ४०–१० ले सहजै पराजित ग¥यो । पुष्पसदनका सम्राट लामाले १९ अंक जोडे ।


सिनियर ब्वाइजमै बाघभैरव, राराहिल र मगसले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् । बाघभैरवले ग्रिन भिलेजलाई १५–९ ले हरायो । बाघभैरवका रोहनले १२ स्कोर गरे ।
राराहिलले क्रिएटिभलाई ३२–९ तथा मगसले लिटिल एन्जल्स (एलए) लाई ४१–२९ ले पाखा लगाए । राराहिलका ओवेश भुसालले ६ तथा मगसका सिमोन रम्जालीले १२ अंक बटुले ।
प्रतियोगिताको पुष्पसदनका संस्थापक एवं निर्देशक महेश श्रेष्ठले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।
प्रतियोगितामा ३ विधामा विभिन्न विद्यालयका ५१ टिमले भाग लिएका छन् । सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा ७ र गल्र्समा २५ टिम सहभागी छन् । गल्र्सको प्रतिस्पर्धा थ्री बाइ थ्री ढाँचामा हुनेछ । फाइनल मंसिर १ गते हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ