रञ्जन थापालाई राखेप कर्मचारी संघद्वारा बिदाइ

काठमाडौं, कात्तिक १७ गते।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले हक्की खेलकी वरिष्ठ प्रशिक्षक रञ्जन थापालाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरेको छ।

५८ वर्षे उमेर सीमा पुगेकी थापा कात्तिक १ गतेदेखि अनिवार्य अवकाशमा प्रवेश गरेकी हुन्। थापा लामो समयदेखि हक्की खेलमा प्रशिक्षकको रूपमा सक्रिय रहेकी थिइन्। उनी राखेप कर्मचारी संघकी पूर्व अध्यक्ष समेत हुन्।

बिदाइ कार्यक्रममा संघकी अध्यक्ष सरस्वती केसी भण्डारी, महासचिव कुमार बस्नेतलगायत पदाधिकारीहरूले थापालाई सम्मानसहित बिदाइ गरे। कार्यक्रममा थापाको योगदानको उच्च प्रशंसा गर्दै खेलकुद क्षेत्रमा उनको भूमिका अनुकरणीय रहेको वक्ताहरूले उल्लेख गरे।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ