नेपाल तेक्वान्दो संघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न

काठमाडौं, कात्तिक १ गते ।

ललितपुर, नेपाल तेक्वान्दो संघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदस्थापन समारोह शनिबार ललितपुरको एकान्तकुनास्थित सम्पन्न भएकोछ।

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्सालले नवनिर्वाचित सल्लाहकार परिषद्का अध्यक्ष प्रकाश शम्सेर राणा तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। सो अवसरमा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र प्रशिक्षकहरूलाई प्रशंसा–पत्र तथा पुरस्कार समेत प्रदान गरिएको थियो।

कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य माननीय मिन कृष्ण महर्जनले विदेशी टेक्वान्दो खेलाडी र प्रशिक्षकहरूलाई सम्मान–पत्र वितरण गर्नुभयो। त्यस्तै, पूर्व वरिष्ठ प्रशिक्षकहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।

पूर्व अध्यक्ष प्रकाश शम्सेर राणाले नवनिर्वाचित अध्यक्ष दीपराज गुरुङलाई कार्यभार हस्तान्तरण गर्नुभयो। कार्यक्रममा तत्कालीन अध्यक्ष राणाले नयाँ नेतृत्वलाई सफलताको शुभकामना व्यक्त गर्दै निरन्तर प्रगतिको अपेक्षा गर्नुभयो।

कार्यक्रमका क्रममा नेपाली सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो। अन्त्यमा नवनिर्वाचित अध्यक्ष दीपराज गुरुङले धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिले टेक्वान्दो खेललाई अझै संस्थागत र अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउन प्रतिबद्ध रहेको बताउनुभयो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ