टी–२० विश्वकप २०२६ छनोट : समोआविरुद्ध नेपाल पहिले ब्याटिङमा


काठमाडौं, असोज ३१ गते।
काठमाडौं — टी–२० विश्वकप २०२६ को एसिया तथा पूर्वी एसिया–प्यासिफिक छनोट अन्तर्गत सुपर–६ चरणको अन्तिम खेलमा समोआले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ।

नेपाल यसअघि खेलिएका सबै प्रतियोगिता जित्दै अपराजित रहँदै आएको छ। ८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले यसअघि नै विश्वकपमा आफ्नो स्थान सुनिश्चित गरिसकेको छ।

यस क्षेत्रीय छनोटबाट नेपालसँगै ओमान र संयुक्त अरब इमिरेट्स (युएई) पनि आगामी विश्वकपका लागि छनोट भइसकेका छन्।

अब नेपालको लक्ष्य सुपर–६ को अन्तिम खेलमा तुलनात्मक रूपमा कमजोर समोआलाई हराउँदै अपराजित रहँदै उपाधि आफ्नो नाममा लेख्ने रहेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ