भियतनामसँगको अवे सिरिज सकाएर स्वदेश फर्कियो नेपाली टोली, एसियन कपको यात्रा अन्त्यतर्फ


काठमाडौं, असोज ३० गते।
एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्धको होम र अवे दुवै खेल समाप्त गरेपछि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ।

नेपालले भियतनामसँगको पहिलो खेलमा ३–१ ले पराजय भोगेको थियो। दोस्रो अवे खेलमा टोलीले केही प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि अन्ततः १–० ले हार स्वीकार गर्नुपर्‍यो।

लगातार चार खेलमा पराजित भएपछि समूह ‘एफ’ मा रहेको नेपालका लागि आगामी एएफसी एसियन कपमा छनोट हुने सम्भावना औपचारिक रूपमा समाप्त भएको छ। नेपाल दुई खेल अगावै समूह चरणबाट बाहिरिएको छ।

यसअघि नेपालले पहिलो दुई खेलमा पनि निराशाजनक नतिजा खेलेको थियो — मलेसियासँग २–० र लाओससँग २–१ को हार व्यहोरेको थियो।
अब नेपालले बाँकी रहेका दुई खेल घरेलु मैदानमा मलेसिया र लाओसविरुद्ध खेल्नेछ, जसले टोलीलाई प्रतिष्ठा जोगाउने अवसर प्रदान गर्नेछ।

हालसम्म समूह ‘एफ’ मा मलेसिया चार खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ भने भियतनाम ९ अंकका साथ दोस्रो स्थानमा रहेको छ। नेपाल भने अंकविहीन हुँदै समूहको पुछारमा रहेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ