नेपाल बक्सिङ महासंघको सातौं विशेष साधारण सभा हातिबनमा सुरु


काठमाडौं, असोज २९ गते ।
ललितपुर — नेपाल बक्सिङ महासंघको सातौं विशेष साधारण सभा ललितपुरको हातिबनस्थित पार्टी प्यालेसमा भव्य रूपमा सुरु भएको छ।
महासंघको विधान संशोधन तथा आगामी कार्ययोजना तय गर्ने उद्देश्यले आयोजित यस विशेष साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गर्नुभयो।

उद्घाटन समारोहमा प्रमुख अतिथि घिसिङका साथै खेलकुद क्षेत्रका विशिष्ट व्यक्ति, पूर्व खेलाडी, प्रशिक्षक, प्रदेश तथा जिल्ला बक्सिङ संघका पदाधिकारी र महासंघका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अवसरमा प्रमुख अतिथि घिसिङले नेपाल बक्सिङ महासंघलाई आगामी दिनमा थप सफलता र सुदृढ संस्थागत विकासका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले बक्सिङ खेल नेपालको गौरवमयी खेलकुद पहिचानमध्ये एक भएको उल्लेख गर्दै खेल विकासमा सबै सरोकारवालाको सक्रियता जरुरी रहेको बताउनुभयो।

महासंघका अध्यक्ष राम आवाले र महासचिव मानबहादुर भण्डारीले बक्सिङ खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सभामा महासंघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण र विधान संशोधनका प्रस्तावहरू समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ