काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं, असोज २८ गते ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–१९ महिला भलिबल च्याम्पियनसिपका लागि नेपालले १२ सदस्यीय टोली घोषणा गरेको छ।

नेपाल भलिबल संघले मंगलबार टोलीको घोषणा गरेको हो। श्रीलंकामा कात्तिक १७ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले सहभागीता जनाउनेछ।

प्रतियोगिताका लागि चयन भएका खेलाडीहरू असोज १ गतेदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा प्रशिक्षणमा रहेका छन्।

घोषित टोलीमा जेनिशा विश्वकर्मा, भावना तामाङ, मीना सुनार, आशिका क्षेत्री, प्रतिभा चौधरी, क्रिष्मा डाँगी, निशा महर, सम्झना नेपाली, सुनिता खत्री, एन्जिला प्रधान, रेविका लामा तामाङ र विनिता राना रहेका छन्।

संघका अनुसार टोलीले तयारीका क्रममा फिटनेस, टेक्निकल तथा ट्याक्टिकल सत्र पूरा गरिसकेको छ। नेपाली टोलीले श्रीलंकामा हुने उक्त प्रतियोगितामा सन्तोषजनक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ