
काठमाडौं, असोज १४ गते ।
इटालीको सिरी ‘ए’ लिगमा लाजियोले सोमबार यस सिजनको दोस्रो जित दर्ता गरेको छ। लाजियोले जेनोआलाई उसकै घरेलु मैदान लुइगी फेरिस स्टेडियममा ३–० को फराकिलो अन्तरले पराजित गरेको हो।

खेलको पहिलो हाफमै लाजियोले दुई गोल गर्दै दबदबामय सुरुवात गरेको थियो। टोलीका लागि म्याटेओ क्यान्सेलेरी र भ्लालेन्टिन कास्टेलानोसले गोल गरे। त्यसपछि दोस्रो हाफमा म्याटिआ जाकाग्नीले थप एक गोल गर्दै लाजियोको जित पक्का गरे।
यस विजयसहित लाजियोले पाँच खेलमा छ अंक जोड्दै लिगको अंकतालिकामा १२औं स्थानमा उक्लिएको छ। लगातार कमजोर प्रदर्शन गरिरहेको जेनोआ भने पाँच खेलपछि दुई अंकमै सीमित रहँदै १९औं स्थानमा झरेको छ।
लाजियोको यो सहज जितले टोलीलाई आगामी खेलहरूमा आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ।
