कीर्तिपुर नगरपालिका र एन.आर.एस स्पोर्टस फाउनडेशनको सहकार्यमा शनिबार कीर्तिपुरमा आमा दौड सम्पन्न भएको छ।
लगभग ७ सय महिलाहरुको सहभागिता रहेको ३ किलोमिटर दौड, कीर्तिपुर नयाँबजारबाट सुरु भएर ल्याकु दरबारमा सम्पन्न भएको थियो । खेलकुदमा बालबालिकालाई पनि आकर्षित गर्नका लागि आमाहरु खेलकुदप्रति जागरुक हुन आवश्यक रहने सन्देश दिनका लागि आमा दौडको आयोजना गरिएको बताइएको छ।
कीर्तिपुर नगरपालिकाकि उपमेयर शुभलक्ष्मी शाक्यले सहभागीलाई स्वागत गर्दै १३ औं सागकी दोहोरो स्वर्ण पदक विजेता तथा एसियाकी कास्य पदक विजेता तेक्वान्दो खेलाडी आयुषा शाक्य, राधा श्रेष्ठ, नमिता बज्रचार्य तथा पौडी खेलाडी नयना शाक्यलाई सम्मान गरेकी थिइन्।
प्राविधिक कारणबस अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८ ) मा सम्पन्न हुन नसकेको आमा दौड शनिबार सम्पन्न भएको हो।
