कोहलीले तोडे गेलको कीर्तिमान

रोयल च्यालेन्जर्स बेंगलुरूका विराट कोहलीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा एउटै टोलीबाट सबैभन्दा बढी छक्का प्रहार गरेका क्रिस गेलको कीर्तिमान तोडेका छन्।

शुक्रबार कोलकाता नाइट राइडर्ससँगको खेलमा ४ छक्का प्रहार गर्दै उनले गेलको कीर्तिमान तोडेका हुन्। योसँगै आईपीएलमा कोहलीको २४१ छक्का पुगेको छ।  मुम्बई इन्डियन्सबाट किरण पोलार्डले २२३ र रोहित शर्माले २१० छक्का प्रहार गरेका छन्। यस्तै, एउटै मैदानमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमानमा विराट तेस्रो स्थानमा पुगेका छन्। 

उनले बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा १२८ छक्का प्रहार गरेका छन्। उनले ट्रेन्ट ब्रिज मैदानमा १२६ छक्का प्रहार गर्ने एलेक्स हेल्सको कीर्तिमान तोडेका हुन्। यो कीर्तिमानमा गेल शीर्ष स्थानमा छन्। उनले बेंगलुरुमा १५१ र मिरपुरमा १३८ छक्का प्रहार गरेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ