खेल डायरीको शुभारम्भ

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले अनलाईन खबर पत्रिका खेल डायरीको शुभारम्भ गरेका छन् । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि श्रेष्ठले ल्यापटको इन्टर कि दबाउँदै उक्त अनलाइनको शुभारम्भ गरे ।
वरिष्ठ फोटोपत्रकार श्याम चित्रकार संस्थापक निर्देशक रहको ग्राफिक स्पोर्टस् मिडिया भिजनले सञ्चालनमा ल्याएको सो खबरपत्रिकाको सम्पादक अन्तरिक्ष अधिकारी रहेका छन् भने सह सम्पादक रञ्जना भुजेल छिन् । अनलाईनमा नेपाली र अंग्रेजी दुवै भाषा समेटिएको छ ।
कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी, ग्राफिक स्पोर्टस् मिडिया भिजनकी अध्यक्ष सगी चित्रकार, प्रवन्ध निर्देशक नरेन्द्रबहादुर राजभण्डारी लगायतको उपस्थिति थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ