
काठमाडौं ,असोज २ गते ।
नेपालविरुद्धको टी–२० सिरिज खेल्ने वेस्ट इन्डिज क्रिकेट टोलीको घोषणा गरिएको छ। बुधबार बेलुका वेस्ट इन्डिज क्रिकेट बोर्डले अकिल हुसेनको कप्तानीमा १६ सदस्यीय टोली सार्वजनिक गरेको हो।
नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सेप्टेम्बर २७, २९ र ३० तारिखमा हुनेछ।
यसपटक वेस्ट इन्डिजले आफ्ना प्रमुख खेलाडीलाई विश्राम दिँदै नयाँ पुस्तालाई मौका दिएको छ। टिममा केही अनुभविला खेलाडी जस्तै जेसन होल्डर, काइल मेयर्स र ओबेड म्याककोय समावेश भए पनि अधिकांश खेलाडी युवा र नयाँ अनुहारका छन्।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले भने यसअघि नै कप्तान रोहित पौडेलको नेतृत्वमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ। यो सिरिजलाई नेपालका लागि महत्वपूर्ण मानिएको छ, किनभने यसमार्फत टिमले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अनुभव संकलन गर्नेछ।
वेस्ट इन्डिज टोली यस्तो छः
अकिल हुसेन (कप्तान)
फाबिन अलिन
ज्वेल एन्ड्र्यु
अकीम अगेस्ट
नवीन बिदाइस
जेडियाह ब्लेड्स
केसी कार्टी
करिमा गोरे
जेसन होल्डर
आमिर जाङ्गु
काइल मेयर्स
ओबेड म्याककोय
जिशान मोटारा
रामोन सिमोन्ड्स
शमार स्प्रिगर