डेमोन्स्ट्रेसन टोलीलाई काठमाडौं तेक्वान्दोको प्रोत्साहन



काठमाडौं जिल्ला तेक्वान्दो संघले रियलिटी सो ‘इन्डियन गोट ट्यालेन्ट’ मा सहभागी हुने एनटीए डेमोन्स्ट्रेसन टिम, नेपाललाई मंगलबार बिदाइ गरेको छ ।
काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, सचिव गौरव रजकलगायतले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा टोलीलाई प्रोत्साहन स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिएको सचिव रजकले जनाएका छन् । मन्दिप राईको नेतृत्वमा २६ सदस्यीय टोली बुधबार भारतको मुम्बई प्रस्थान गर्ने छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ