युनिटी कपका लागि नेपाल टोली घोषणा, आदिल अन्सारी र सन्दीप जोराको पुनरागमन

काठमाण्डाै,भदौ ३० गते।

काठमाण्डाै — यही सेप्टेम्बरको अन्तिम साता संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तिम टोली घोषणा गरेको छ।

पुनरागमन खेलाडी

घोषित टोलीमा दुई पुराना अनुहारहरू फर्किएका छन्। आदिल अन्सारी सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा फर्किएका हुन्। लामो समयपछि फर्किएका आदिलले बलिङमा वैकल्पिक विकल्प दिन सक्ने अपेक्षा गरिएको छ। त्यस्तै, सन्दीप जोरा पनि २०२४ को टी–२० विश्वकपपछि पहिलोपटक टोलीमा फर्किएका छन्। दुवैले हालै भारतको आसाममा सम्पन्न पाँच खेलको टी–२० शृंखलामा नेपाल ‘ए’ बाट उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुन: प्रवेश गरेका हुन्।

टोलीको कप्तानी रोहितकुमार पौडेल ले गर्नेछन् भने उपकप्तानमा भरपर्दा अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहनेछन्। अनुभवसहितको यो जोडीले टिमलाई आक्रमक रणनीतिमा अघि बढाउने अपेक्षा गरिएको छ।

कुशल भुर्तेल र आसिफ सेखले ओपनिङमा बलियो साझेदारी दिन सक्नेछन् भने मध्यमक्रममा कुशल मल्ल, दीपेन्द्र ऐरी र सन्दीप जोराले स्थिरता दिन सक्ने अनुमान गरिएको छ। बलिङतर्फ सन्दीप लामिछानेको स्पिन आक्रमण र करण केसी, सोमपाल कामी तथा गुलशन झाको पेस आक्रमणलाई प्रभावकारी मानिएको छ।

वेस्ट इन्डिजसँगको चुनौती

नेपालले वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ। वेस्ट इन्डिजलाई टी–२० ढाँचामा विश्वकै शक्तिशाली टोलीमध्ये एक मानिन्छ। उनीहरूसँग विस्फोटक ब्याट्सम्यान र विश्वस्तरीय बलरहरूको संयोजन छ। नेपालका लागि यो शृंखला ठूलो चुनौती मात्र होइन, आगामी प्रतियोगिताका लागि अनुभव बटुल्ने अवसर पनि हो।

नेपालले पछिल्ला वर्षहरूमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उल्लेख्य प्रगति गरेको छ। विशेषगरी २०२४ विश्वकपमा देखाएको जुझारूपनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरेको छ। यही कारण वेस्ट इन्डिजविरुद्धको सिरिज नेपाली टोलीका लागि थप महत्त्वपूर्ण मानिएको छ।

भविष्यप्रतिको संकेत

विशेषज्ञहरूका अनुसार यो शृंखलाले नेपालको टोली संरचना, युवा खेलाडीहरूको प्रदर्शन र भविष्यमा हुने ठूला प्रतियोगिताका लागि आधार तय गर्नेछ। आदिल अन्सारी र सन्दीप जोराको पुनरागमनले टोलीमा नयाँ जोश थप्ने अपेक्षा गरिएको छ भने रोहित पौडेलको नेतृत्वमा टोलीले राम्रो संयोजन बनाउन सक्ने विश्वास गरिएको छ।

नेपालको अन्तिम टोली :

रोहितकुमार पौडेल (कप्तान)

दीपेन्द्र सिंह ऐरी (उपकप्तान)

कुशल भुर्तेल

लोकेस बम

कुशल मल्ल

आसिफ सेख

आदील आलम

करण केसी

नन्दन यादव

सन्दीप लामिछाने

सन्दीप जोरा

आरिफ सेख

ललित नारायण राजवंशी

गुलशन झा

सोमपाल कामी

साहब आलम रहेकाछन।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ