एभरेष्ट भलिबल : काठमाडौंको पहिलो जित

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सले पहिलो जित दर्ता गरेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३-१ को सेटले पराजित गर्‍यो । पहिलो सेट २६-२४ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २३-२५ ले मधेशलाई सुम्पियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौंले लिगमा पहिलो जित दर्ता गरेको हो । काठमाडौंले तेस्रो सेट २५-२३ र चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पार्‍यो ।

काठमाडौं र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएका थिए । मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ