
नेपालले २३औं एशियन क्याडेट जुनियर तथा यु २१ कराते च्याम्पियनसिपमा दुईवटा कांस्य पदक जितेको छ।
चीनमा जारी च्याम्पियनसिपको इन्डिभिजुअल काता क्याडेटतर्फ रेहान जावेदले कांस्य पदक जितेका हुन् ।
त्यस्तै क्याडेट महिला कुमिते ६१ माथि केजीतर्फ मनिषा कुमारी बोहराले कांस्य पदक जिरेको टोलीका प्रशिक्षक कुशल श्रेष्ठले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन्।

