काठमाडौं । बागमती प्रदेश डजबल संघको तदर्थ समिति गठन भएको छ । नेपाल डजबल महासंघ तदर्थ समितिका संयोजक अरुण तिमल्सिनाको प्रमुख आतिथ्यतामा बिहीबार सम्पन्न कार्यक्रममा ९ सदस्यीय तदर्थ समिति चयन गरिएको हो।

नवगठित कार्य समितिमा संयोजक प्रताप तामाङका लावा दीपा गुरुङ, शोभा श्रेष्ठ, राम सरन प्याकुरेल, राजाराम पण्डित क्षेत्री, सानु महार्जन, देबराज लामा तामाङ, विकास अधिकारी र रुद्रबहादुर चौहान सदस्यका रूपमा चयन भएका छन्।
यस समितिको गठनसँगै बागमती प्रदेशमा डजबल खेलको संस्थागत संरचना औपचारिक रूपमा प्रारम्भ भएको छ। डजबललाई स्थानीयस्तरदेखि प्रदेशस्तरमा विस्तार गर्ने र खेलाडी उत्पादन तथा प्रतिस्पर्धात्मक वातावरण विकास गर्ने लक्ष्यसहित संघले आगामी दिनमा विविध कार्यक्रम अघि बढाउने तयारी गरेको बताइएको छ।