काठमाडौं। नेपाल भारोत्तोलन संघ र ब्लू क्रस अस्पतालबीच एक औपचारिक समझदारीपत्र (MoU)मा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार ब्लू क्रस अस्पतालमा उपलब्ध स्वास्थ्य सेवामा नेपाल भारोत्तोलन संघको सिफारिसमा प्राथमिक उपचारदेखि लिएर विभिन्न परीक्षण जस्तै एक्स–रे, ब्लड टेस्ट, ईसीजी, अल्ट्रासाउन्ड, सिटी स्क्यान, एमआरआईलगायत स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

उक्त सम्झौता पत्रमा अस्पतालका तर्फबाट निर्देशक रजत श्रेष्ठ र नेपाल भारोत्तोलन संघको तर्फबाट कार्यवाहक अध्यक्ष बिजेन्द्र बिक्रम शाहले हस्ताक्षर गरे। जसअनुसार संघले कुनै कार्यक्रम गर्दा हस्पिटल पार्टनरका रुपमा अस्पतालको नाम राख्नुपर्नेछ।