साफ महिला यु–१७ च्याम्पियनसिपमा उपाधी जित्ने सपनानै रह्यो

काठमाडौं, भदौ १२ गते ।
साफ महिला यु–१७ च्याम्पियनसिपमा बुधबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ४–१ ले पराजित भएको छ।

यस नतिजासँगै नेपाल उपाधि दाबेदारबाट बाहिरियको हो। नेपाल पछिल्लो खेलमा पनि बङ्गलादेशसँग ३–० ले पराजित भएको थियो । सो हारको बदला लिएर उपाधि दौडमा आफ्नो सम्भावना कायम राख्ने नेपालको लक्ष्य सफल भएन । नेपालको चार खेलबाट मात्र तीन अङ्क छ । यसअघि पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो । यद्यपि नेपालले दोस्रो खेलमा घरेलु टिम भुटानलाई २–१ ले हराएर आफूलाई प्रतियोगितामा कायम राखेको थियो ।

चार राष्ट्र सहभागी प्रतियोगिता डबल राउन्ड रोबिनका आधारमा भइरहेको छ । बङ्गलादेशले आजको जितपछि चार खेलबाट आफ्नो अङ्क नौ पु¥याएको छ । बङ्गलादेश गत विजेता टिम हो ।

एक खेल कम खेलेको भारतको पनि नौ अङ्क नै छ । अहिलेसम्म जित हासिल गर्न नसकेको घरेलु टिम भुटान अङ्क तालिकाको पुछारमा रहेको छ । नेपालले अब भारतसँग शुव्रmबार र भुटानसँग आइतबार प्रतिष्ठाका लागि खेल्ने छ । भुटानको थिम्पूस्थित चाङलिमिथाङ रङ्गशालामा बङ्गलादेशकी सौरभी प्रीतिले ह्याट्रिक गरिन्।

नेपालका लागि कप्तान भूमिका बुढाथोकीले गरेको गोल सान्त्वना मात्र बन्यो। पूर्वार्धको अन्तिम १० मिनेटमा तीन गोल भएको थियो । खेलको ३९ औँ मिनेटमा मार्माको गोलबाट बङ्गलादेशले अग्रता बनायो । मार्माले करिब २० गजबाट बल ‘ड्रिब्लिङ’ गर्दै डिबक्ससम्म लगेर नेपालकी गोलकिपर लक्ष्मी ओलीसँगको वन भर्सेज वनमा गोल गर्नुभएको हो ।

पूर्वार्धको इन्जुरी समयको पहिलो मिनेटमा प्रीतिले डिबक्सभित्रबाट सटिक प्रहारमार्फत आफ्नो पहिलो र टिमको दोस्रो गोल गरिन्। नेपालले दुई मिनेटपछि नै बराबरी गोल फर्कायो । भूमिकाले डिबक्सभित्रबाट सशक्त प्रहारमार्फत बल गोलपोस्टमा छिराएकी थिइन्। यद्यपि उत्तरार्धमा बङ्गलादेशले दुई गोल
थप्यो।

खेलको ७१ औँ मिनेटमा गोलपोस्टनजिक रहेकी प्रीतिले कर्नरमा उपलब्ध बलको सदुपयोग गरिन्। प्रीतिले निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा ह्याट्रिक पूरा गरिन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ