घमबहादुर विश्व आईटीएफमा निर्णायक रहने

काठमाडौं, भदौ १२ गते ।
आईटीएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय अम्पायर घमबहादुर थापाले २३ औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
अक्टोबर ३ देखि १२ तारिखसम्म इलाटीको जेसोलोमा हुने प्रतियोगिताका लागि आईटीएफ अम्पायर कमिटीले थापालाई निर्णायक मनोनित गरेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ ९आईटीएफ० ले जनाएको छ । उक्त प्रतियोगिताका थापासहित विभिन्न राष्ट्रबाट कमिटीले ८० अम्पायर छनोट गरेको बताइएको छ ।
आईटीएफका महासचिव समेत रहेको थापा दोश्रोपटक आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा अम्पायरमा मनोनित भएका हुन् । सन् २०१९ मा बुल्गेरियामा भएको २१ औं संस्करणमा पनि थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
थापाले विभिन्न राष्ट्रमा भएका दक्षिण एसियाली, एसियाली, विश्व कप, कन्टिनेन्टललगायतका प्रतियोगितमा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ