काठमाडौं म्याराथन २०२५ हुदै

काठमाडौं, भदौ १० गते ।

सम्पदा जोगाऔं, स्वास्थ्यका लागि दौडौं भन्ने नाराका साथ नेपाल कै प्रतीक्षित काठमाडौं म्याराथन २०२५ यहि नोभेम्बर १ , २०२५ मा आयोजना हुनेभएको छ ।
विद्यालयका विद्यार्थी, अनुभवी खेलाडी, शिक्षक, बैंकका कर्मचारी, व्यवसायी, रेस्टुरेन्टका कर्मचारीदेखि कम्पनीका सिईओ सम्मको लागी काठमाडौं म्याराथनले सबै उमेर समूह र पेशालाई एउटै मञ्चमा काठमाडौं म्याराथन ल्याउने छ। यो केवल दौड मात्र होइन, प्रत्येक पुस्तालाई खेलकुद, स्वास्थ्य,अनुशासन र एकताको सन्देश दिने अभियान रहेको छ।

साना बालबालिकाहरू परिवारसँगै सहभागी हुन सक्ने पत्रकार सम्मेलनमा जानकारी दिएकाछन,। ४० वर्षमाथि सहभागिका लागि मास्टर क्लास विधामा (४०+, ५०+, ६०+) समेत व्यवस्था गरिएको छ। विद्यालयका विद्यार्थीहरूको लागि ३ किमी स्कुल रन , सर्वसाधारणका लागि ३ किमी ओपन रन , ५ किमी ओपन रन र १० किमी ओपन रन उपलब्ध रहेको छ।

कर्पोरेट तथा अन्य समूहहरूको लागि ग्रुप रन को पनि व्यवस्था गरिएको छ। यस वर्षको म्याराथनमा १००० जना सहभागीहरूले दर्ता गरिसकेका छन्, तर दर्ता अझै खुला रहेको छ।

यस ऐतिहासिक अवसरमा प्रत्येक नेपाली नागरिक,कम्पनी र विद्यालयहरूलाई अगाडि आउन र समर्थन गर्न काठमाडौं म्याराथन टिमले अनुरोध गरेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ