एसीटीसँगको दोस्रो अभ्यास खेलमा नेपालको लगातार जित

काठमाडौं, भदौ १० गते ।

अस्ट्रेलिया टुरमा रहेको नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)सँगको दोस्रो अभ्यास टी-२० खेल पनि जितेको छ ।

नेपालले एसीटीलाई ६ विकेटले हराएको हो । एसीटीले दिएको ९७ रनको लक्ष्य नेपालले १३.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक अविजित ४२ रन बनाए । गुल्शन झाले २३ रन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एसीटी १७.२ ओभरमा ९६ रनमा अलआउट भएको थियो।
नेपालका दीपेन्द्रसिंह ऐरी र शाहब आलमले ४-४ विकेट लिए भने रोहित पौडेल र गुल्शन झाले १-१ विकेट लिए ।
यसअघि केहीबेर अघि भएको पहिलो अभ्यास खेलमा नेपाल ४१ रनले विजयी भएको थियो ।

टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले थप पाँच अभ्यास खेलहरू खेल्ने तय भएको थियो ।

नेपालले यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी-२० र एक वान डे खेल खेल्नेछ ।

टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ