ज्ञान कार्निभलमा ३ खेल


काठमाडौं, भदौ ७ गते ।
ज्ञानोदय बाल वाटिका माविको आयोजनामा ३१ औं ज्ञान कार्निभल आइतबारदेखि सुरु हुने भएको छ । कार्निभलअन्तर्गत ३ खेलमा प्रतिस्पर्धा हुने आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
बास्केटबल, फुटबल र नेटबलको प्रतिस्पर्धा हुनेछ । बास्केटबलको ब्वाइजमा २४ तथा गल्र्समा १२ टिम सहभागी हुने छन् । ब्वाइज फुटबलमा ५ टिमले खेल्ने छन् । नेटबलमा ४ गल्र्स टिमको सहभागिता रहने छ ।
विद्यालय खेलकुदको पुरानो प्रतियोगिता मानिने ज्ञान कार्निभल सन् १९९४ देखि सुरु भएको थियो । प्रतियोगिताका खेलहरु ललितपुरको खोकनास्थित आयोजकको हातामा खेलाइने छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ