टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशीको तेस्रो सिजनको उपाधि एभीएम टेबल टेनिस क्लबलाई

काठमाडौं, भदौ ७ गते ।

नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशीको घरेलु प्रतिस्पर्धाको रूपमा रहेको स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन ३ लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार सम्पन्न भएको छ । उक्त प्रतियोगितामा एभीएम टेबल टेनिस क्लबले आयोजक स्ट्याग ग्लोबललाई हाराऊदै च्याम्पियन्स लिग २०२५ को तेस्रो सिजनको उपाधि जितेको छ । दोस्रो आयोजक स्ट्याग टेबलटेनिस क्लब, खोल्चा पुखु खेलकुद समिति र गुड्स नेपाल टेबलटेनिस क्लब सयुक्त्त रुपमा तेस्रो भएका छन । पहिलो सिजनको च्याम्पियन एभीएमले दोस्रो सिजनमा भने सहभागिता जनाएको थिएन ।
स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा २०८० सालदेखि यो प्रतियोगिता निरन्तर हुँदै आएको छ । साथै एकेडेमी की नवौं पल्ट नेपाल च्याम्पियन नविता श्रेष्ठले सञ्चालन गर्दै आएकी छन् ।


विजेताले तीन लाख रनिङ ट्रफी, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाछन् । विजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानिया ,आयोजकका पधाधिकारी लगाएतले एक कार्यक्रमबीच पुरस्कृत गर्नु भएको हो।

तस्वीर

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ