काठमाडौं जेभियरको जित

काठमाडौं, भदौ ६ गते ।
काठमाडौं जेभियर्स पब्लिक स्कुलले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा काठमाडौं जेभियर्सले वेब्सलाई ६०–३१ ले सहजै पराजित ग¥यो । विजेताका सुवर्ण भुजेलले २२ अंक जोडे ।
सिनियर ब्वाइजमै नेमोनिक मोर्डन एकेडेमीले विट्स एकेडेमीलाई २५–१३, एम्बासडरले इस्टपोललाई ४०–१३ र सर्वनम शिक्षालयले बाल संसारलाई ४३–१८ ले हराए । नेमोनिकका करण राईले १०, एम्बसडरका विसन खड्काले २४ र सर्वनम शिक्षालयका निग्मा शेर्पाले १४ स्कोर गरे ।
सिनियर गल्र्समा बागमती बोर्डिङ स्कुलले भेनस पब्लिकलाई १३–८, योङ हार्ट्स एकेडेमीले विट्स एकेडेमीलाई १३–६, बाल संसारले इस्टपोललाई १०–२ र लर्डस् लाइट एकेडेमीले सीसीएसलाई १६–१४ ले पाखा लगाए । बागमतीकी स्मृति पोखरेलले ४, योङ हार्ट्सकी प्राश्ना केसीले ६, बाल संसारकी विपसना गिरीले ४ र लर्डस् लाइटकी डोमी शेर्पाले ६ अंक बटुले ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ