प्रिमियरलाई प्लस टु बास्केटबल उपाधि

काठमाडौं, भदौ ६ गते ।
प्रिमियर आईबी कन्टिनम स्कुलले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा भएको फाइनलमा प्रिमियरले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर ९सीसीआरसी० लाई ७९–७२ ले पराजित ग¥यो । समूह चरणको खेलमा पनि प्रिमियरले सीसीआरसीलाई हराएको थियो । अपराजित रहँदै उपाधि जितेको प्रिमियरका लागि अश्विन चालिसे एक्लैले ३२ अंक जोडे ।
पहिलो क्वाटरमा १९–१४ को अग्रता लिएको प्रिमियर दोश्रोमा २०–२२ ले पछि प¥यो । प्रिमियरले तेश्रो क्वाटरमा २३–१० को अग्रता बनाउदै जितको आधार खडा ग¥यो । चौथोमा सीसीआरसी २६–१७ ले अगाडि रहेपनि जितका लागि पर्याप्त भएन ।
उपाधिसंगै प्रिमियरले २५ हजार तथा उपविजेता सीसीआरसीले १० हजार नगद पुरस्कार पाए । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा।लि। को आयोजना भएको प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ता अश्विन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले ५ हजार नगद पुरस्कार हात पारे । सीसीआरसीका आशालाल श्रेष्ठ उदीयमान खेलाडी चुनिए ।
विजेतालाई नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसन, अबाइडका प्रबन्ध निर्देशक मनीष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत आशिष श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । रोयल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा भएको प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक नृपेश श्रेष्ठले जनाएका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ