एभरेष्ट महिला भलिवल लिगको लुम्बिनी लाभाजले ट्रफी टुर र ट्यालेन्ट हन्ट भैरहवामा गर्ने

काठमाडौं, भदौ ५ गते ।

भैरहवा वात्सल्य एभरेष्ट महिला भलिवल लिगको फ्रेन्चाईज टिम लुम्बिनी लाभाजले प्रतियोगिताको ट्रफी
टुर र ट्यालेन्ट हन्ट कार्यक्रम भैरहवामा सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने
टोली लुम्बिनी लाभाजले भदौ ९ गते रुपन्देहीको भैरहवामा “ट्रफि टुर” तथा “ट्यालेन्ट हन्ट कार्यक्रम”
सञ्चालन गर्ने भएको हो ।
लुम्बिनी लाभाजका अनुसार मायादेवी मन्दिर परिसरमा ट्रफी अनावरण गरी लुम्बिनी प्रदेशका विभिन्न
स्थानमा ट्रफी परिक्रमा गराइनेछ । ट्रफी टुर र ट्यालेन्ट हन्टको उद्देश्य प्रदेशभित्र भलिवल खेलप्रतिको
जनचासो र स्थानीय समुदायसँगको सम्बन्ध विस्तार गर्नु रहेको क्लबले जनाएको छ ।
ट्यालेन्ट हन्ट कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशका प्रतिभावान र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले लुम्बिनी
लाभाज टोलीमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । टिम व्यवस्थापकका अनुसार ट्यालेन्ट हन्टमार्फत
छनोट भएका खेलाडीलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगितामा अवसर प्रदान
गरिने लक्ष्य राखिएको छ ।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सिद्धार्थ जेसिसले गर्नेछ । ट्यालेन्ट हन्ट कार्यक्रममा सहभागी हुन इच्छुक
खेलाडीहरूले तोकिएको मापदण्ड अनुसार सिद्धार्थ जेसिसमा सम्पर्क गर्नु पर्नेछ।
यसअघि सम्पन्न अक्सनमार्फत लुम्बिनी लाभाजले नेपाली राष्ट्रिय महिला भलिवल टोलीकी कप्तान अरुणा
शाहीका साथै कामना विष्ट, अलिसा मानन्धर, शान्तिकला तामा, अनुसा चौधरी, रोमा महतो, जेनिसा
विश्वकर्मा र रिकजना माझीलाई टिममा अनुबन्धन गरिसकेको छ । नेपाल भलिवल संघसँगको सहकार्यमा
इन्फिनिटी ड्रिम्स प्रा.लि.ले आयोजना गरेको प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालनफ्फ हुदैछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ