
काठमाडौं, भदौ ५ गते ।

बौद्ध अन्तर्राष्ट्रिय विद्यालय (बिआइएस) को आयोजनामा भइरहेको आठौं बिआइएस अन्तर-विद्यालय बास्केटबल प्रतियोगितामा आयोजक टोली सेमीफाईनलमा पुगेको छ।
ब्वाइज अन्तर्गत क्वार्टरफाइनलमा आयोजक बौद्धले एम्बास्सडोर स्कुललाई ५७-४१ ले पराजित गर्दै सेमीफाईनलमा स्थान पक्का गर्यो। यस्तै मातृभूमी स्कुल ले पनि सेमीफाईनलमा स्थान बनायो। मातृभूमीले युरो स्कुललाई ४८-३९ अंकले पराजित गरेको हो।
ब्वाइजमै अक्षरिकाले प्रिमियरलाई ४१-३१ ले हराएर सेमीफाईनलमा स्थान बनायो भने निसर्ग स्कुलले ड्राफोडिल पब्लिक स्कुललाई ५६-४२ पाखा लगायो।
यो सिजन २५ विद्यालयले प्रतियोगितामा भाग लिएका छन्। १९ दिन चल्ने प्रतियोगिता २१ ब्वाइज टिम र १६ गर्ल्स टिमले भाग लिएका छन्।
गत वर्षको विल्सन एकेडेमी (ब्वाइज) र एनसीसीएस (गर्ल्स) ले उपाधि जितेका थिए।
यो वर्ष विजेता र उपविजेता टिमसहित सर्वोत्कृष्ट खेलाडी (एमभीपी), सर्वाधिक स्कोरकर्ता र फेयर प्ले टिमलाई पुरस्कृत गरिनेछ।
