
काठमाडौं, भदौ ५ गते ।

नेदरल्याण्ड्सकी डानिक आर्डेमा मधेश युनाइटेडमा अनुबन्धन
वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले
नेदरल्याण्ड्सकी डानिक आर्डेमा लाई अनुबन्धन गरेको छ । मधेशले आर्डेमालाई दोस्रो विदेशी खेलाडीको
रुपमा घोषणा गरेको हो । यसअघि मधेश युनाईटेडले नेदरल्याण्ड्सकी आउट साईड हिटर रोमी भिनस्ट्राको
नाम घोषणा गरिसकेको छ ।
१७५ से.मी. अग्लो कदकी आर्डेमा एउटा अनुभवी सेटर हुन् जसले नेदरल्याण्ड्सको शीर्ष स्तरीय क्लबहरूमा
खेल्दै उल्लेखनीय प्रदर्शन गरिरहेकी छिन्। आर्डेमाले आफ्नो करियरमा नेदरल्याण्ड्स, स्पेन र जर्मनीका विविध
क्लबहरूमा खेलेर अनुभव समेटेकी छन्। पछिल्लो समय उनी नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब
सुडोसा-डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। सन् २०२४ मा उनले नेदरल्याण्ड्स युवा राष्ट्रिय
च्याम्पियनसिप जित्न सफल पनि भइन्।
उनलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा मधेश युनाईटेड टिम धेरै खुशी रहेको र आर्डेमाले टोलिको
लागि शक्तिशाली आक्रमण गरेर विपक्षिलाई हम्य हम्य पार्न सक्ने र टोलीमा उनी मुख्य सेटरको रूपमा निर्धार्य
भएर टोलीको रणनीति र गति दुवै नियन्त्रण गरेर खेल जिताउन सक्नेमा मा टोलि विश्वसत छ।
एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा र विशेषगरी मधेश युनाईटेडमा सामेल हुन पाउँदा
आर्डेमाले आफु निकै हर्षित भएको बताएकी छन्। मधेश युनाईटेडलाई एभरेष्ट महिला भलिबल लिगको उपाधि
जिताउन अर्थपूर्ण योगदान पुऱ्याउने उन्को लक्ष्य रहेको छ । नेपालमा खेलेर भलिबल खेल संस्कृतिलाई अझ
विस्तार गर्ने उन्को इक्ष्या पनि रहेको छ।
मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना रहेकी छिन भने टिमको ब्रान्ड एम्बेसडरमा मोडल तथा
अभिनेत्री नीति शाह रहेकी छिन्।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी
भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) पोखरामा हुनेछ ।
मधेश युनाइटेडमा टिम :
खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता
बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना
प्रशिक्षक: कोपिला उप्रेती
ब्रान्ड एम्बेसडर : नीति शाह रहेकाछन्।