भक्त राना स्मृती चेसको तयारी

काठमाडौं, भदौ ४ गते ।
भक्त राना स्मृति बुद्धिचाल  प्रतियोगिता ११ र १२ भदौमा हुने भएको छ । प्रतियोगिता अखिल नेपाल बुद्धिचाल संघ र नेसनल स्पोट्र्स एकेडेमीको आयोजनामा हुन लागेको हो । १९०० भन्दा कम रेटिङका खेलाडीको मात्र सहभागिता रहने सो प्रतियोगितामा स्वदेशी र विदेशी गरी २०० जनाले भाग लिने जनाइएको छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक अखिल नेपाल बुद्धीचाल संघका अध्यक्ष दिपेन राईले जानकारी दिए । प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने छन् । प्रतियोगिता सिनामंगल स्थित होटल रोयल एयरपोर्टमा हुने छ ।
काठमाडौँमा आयोजना हुने बुद्धिचाल प्रतियोगिताको पुरस्कार राशि २ लाख ४ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको लागत ११ लाख ४३ हजार रुपैयाँ छ । बाल्यकाल देखि खेलकुदमा चासो राख्ने गरेका रानाको गत वर्ष निधन भएको  हो । आयोजक अखिल नेपाल बुद्धीचाल संघले विगतमा पनि स्तरीय प्रतियागिता आयोजान गर्दै अएका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ