
काठमाडौं, साउन ३१ गते ।
शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा लिभरपुलले एएफसी बर्नमाउथलाई ४-२ गोलअन्तरले हराउदै बिजय सुरुवात गरेको हो । लिभरपुलको जितमा हुगो एकिटिक, कोडी गाक्पो, फेडेरिको चिजा र मोहमद सालाहले १-१ गोल गरे भने बर्नमाउथका लागि दुवै गोल एन्टोइन सेमेन्योले गरेका हुन ।
दुई गोलले पछि परेको अवस्थामा पनि पुनरागमन गर्दै खेल बराबरी गरेको बर्नमाउथले अन्तिममा सम्हालिन नसक्दा अंक जोड्न भने सकेन ।
ए न्फिल्डमा भएको खेलको ३७औं मिनेटमा एकिटिक ले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका हो। गाक्पोले ४९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । सेमेन्योले ६४औं र ७६औं मिनेटमा गोल गर्दै बर्नमाउथलाई खेलमा फर्काएकोहो । २-२ को बराबरी चलिरहँदा चिजाले ८८औं मिनेटमा गोल गरे भने इन्जुरी समयमा सालाहले गोल गर्दै लिभरपुलले ४-२ को जित निकाल्दै लिभरपुलले ३ अंक जोडेको हो ।