राष्ट्रिय स्तरको ‘पहिलो अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिप २०८२ सम्पन्न

काठमाडौं, साउन ३० गते ।

हिमालयन रनिङ क्लब र भेट्रान धावकहरूको संयुक्त आयोजनामा राष्ट्रिय स्तरको ‘पहिलो अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिप २०८२’ शुक्रबार दशरथ रंगशालामा सम्पन्न भएको छ।

करिब दुई दशकपछि यस प्रकारको दौड आयोजना गरिएको हो । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा देशका विभिन्न स्थानबाट करिब १०० जना पुरुष र महिलाले सहभागिता जनाए। हिमालयन रनिङ क्लब र भेट्रान धावकहरूको संयुक्त आयोजनामा राष्ट्रिय स्तरको ‘पहिलो अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिप २०८२’ शुक्रबार दशरथ रंगशालामा सम्पन्न भएको छ।

करिब दुई दशकपछि यस प्रकारको दौड आयोजना गरिएको हो । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा देशका विभिन्न स्थानबाट करिब १०० जना पुरुष र महिलाले सहभागिता जनाए। ६० मिटर दौडमा महिलातर्फ सरस्वती चौधरी र पुरुषतर्फ शिव राज पार्की तथा सलिम देवानले प्रथम स्थान हासिल गरे। १५० मिटरमा महिलातर्फ सिमा चौधरी र पुरुषतर्फ सुशील के.सी., ३५० मिटरमा महिलातर्फ रमिता कुमारी थारु र पुरुषतर्फ युवराज बि.क., ६०० मिटरमा महिलातर्फ नारायणी भण्डारी र पुरुषतर्फ सोम बहादुर कुमाल प्रथम भए। प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल एथलेटिक्स संघले मान्यता दिएकोमा क्लबका अध्यक्ष शहदेव व्यञ्जनकारले धन्यवाद ज्ञापन गरे। प्रमुख संयोजकको भूमिका प्रशिक्षक राकेश बज्राचार्यले निभाए।

कार्यक्रममा हालै भारतमा सम्पन्न वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर ब्रोंजको लङ जम्प इभेन्टमा सिमा कुमारी चौधरीले ५.८३ मिटर र सलिम देवानले ७.३२ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकोमा कदरपत्र प्रदान गरियो।

अन्त्यमा विजेतालाई नगद, मेडल, प्रमाणपत्र र माया को चिनो प्रदान गर्दै आगामी संस्करणमा अझ व्यापक तयारी र सहभागिता हुने अपेक्षा व्यक्त गर्नुभयो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ