बिआइएस अन्तर-विद्यालय बास्केटबल प्रतियोगिता तेस्रो दिन

काठमाडौं, साउन २७ गते ।

काठमाडौं, आठौं संस्करण को (बिआइएस) अन्तर-विद्यालय बास्केटबल प्रतियोगिताको तेस्रो दिन
गर्ल्समा चेल्सी वर्ल्ड स्कुलले द चादबागलाई २२ – १८ सन्कृती स्कुलले ड्याफोडिललाई १३ – १२ र
मेरिडिएन स्कुलले बाल संसारलाई १४ – ४ ले पराजित गर्यो।
ब्वाइजमा प्रीमिएर स्कुलले ड्याफोडिललाई ३८- ३५ र आयोजक बौद्धले मेरिडिएनलाई २४ – २२ ले पराजित गर्यो।

यस वर्ष २५ विद्यालयले प्रतियोगितामा भाग लिएका छन्। भदौ १ गते सम्म चल्ने प्रतियोगिता २१ ब्वाइज टिम र १६ गर्ल्स टिमले भाग लिएका छन्।

गत वर्षको विल्सन एकेडेमी (ब्वाइज) र एनसीसीएस (गर्ल्स) ले उपाधि जितेका थिए। यो वर्ष विजेता र उपविजेता टिमसहित सर्वोत्कृष्ट खेलाडी (एमभीपी), सर्वाधिक स्कोरकर्ता र फेयर प्ले टिमलाई पुरस्कृत गरिनेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ