नेपाली राष्ट्रिय महिला फुटबल टिमकी प्रीति राई जोर्डनी क्लबमा अनुबन्धित

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राई जोर्डनको इतिहाद क्लबमा अनुबन्ध भएकी छिन् ।

सानो उमेरमै आफ्नो खेलकुद यात्रामा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएकी प्रीतिले घरेलु टोली एपीएफ क्लबबाट आफ्नो करिअर सुरु गरेकी थिइन् । सन् २०२३ मा उनले भारतको किकस्टार्ट एफसीमा खेलेर अन्तर्राष्ट्रिय अनुभव बटुलेकी थिइन्। अब उनले जोर्डनको इतिहाद क्लबमा अनुबन्धित हुँदै आफ्नो व्यवसायिक करिअरको नयाँ अध्याय सुरु सुरु गर्नेभएकी हुन् ।

प्रीतिले २०२१ मा मात्र १६ वर्षको उमेरमा नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेकी थिइन्।
डेब्यू खेलमै बंगलादेशविरुद्ध शानदार गोल गर्दै ‘प्लेयर अफ द म्याच’ बन्न सफल भएकी उनी त्यसै खेलको प्रदर्शनबाट नेपालको क्षेत्रीय फाइनल प्रवेशमा महत्वपूर्ण योगदान कर्ता मध्ये एक बनेकी हुन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ