रवीन्द्र ढाँटले जिते एमएफएनको उपाधि


काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ ९एमएफएन १७० मा नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका छन्।
भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै उनले च्याम्पियनसिप टाइटल जितेका हुन् ।
यो जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर समेत बनेका छन्।
यो जितसँगै रवीन्द्रको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ भने उनले कोरेनको पाँच खेलको जित यात्रा तोडेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ