दोस्रो टी–२० मा वेस्ट इन्डिज द्वारा पाकिस्तान २ विकेटले पराजित

पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिजसँग पाकिस्तान दुई विकेटले पराजित भयको छ । । यो जीतसँगै तीन खेलको टी–२० शृङ्खलामा १–१ को बराबरी भएको छ।

पाकिस्तनले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले अन्तिम ओभरको अन्तिम बलमा आठ विकेट गुमाएर भेट्टायको हो। वेस्ट इन्डिजका गुडाकेश मोतीले २८ र कप्तान शाई होपले २१ रन बनाए । पाकिस्तानका मोहम्मद नवाजले तीन, सुफियान मुकीम दुई तथा साइम अयुब र शाहीन शाह अफ्रिदीले समान एक विकेट लिए ।

त्यसअघि लाउडरहिलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले नौ विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । पाकिस्तानका हसन नवाजले ४० र कप्तान सलमान आगाले ३८ रनले बनाए । वेस्ट इन्डिजका जेसन होल्डरले चार, गुडाकेश मोतीले दुई तथा अकेल होसेन, रोस्टन चेस, र शमर जोसेफले समान एक विकेट लिए।

टी–२० शृङ्खला अन्तर्गत तेश्रो तथा अन्तिम खेल सोमवार हुनेछ। वेस्ट इन्डिज र पाकिस्तानबीच तीन खेलको एकदिवसीय श्रृंखला आउँदो शुक्रवार अर्थात् अगस्ट ९ तारिख देखि शुरु हुनेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ