
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी सावित्रा भण्डारी(साम्बा) न्युजिल्यान्डको वेलिङ्टन फिनिक्स फुटबल क्लबमा आबद्ध भएकी छिन् । क्लबले बिहीबार सावित्रासँग दुई वर्षको अनुबन्धको घोषणा गरेको हो । न्युजिल्यान्डको वेलिङ्टन सहरको यो क्लबले अस्ट्रेलियाको ‘ए लिग’मा प्रतिस्पर्धा गर्ने गरेकोछ । त्यसैले अब सावित्राले अस्ट्रेलियाको माथिल्लो डिभिजनका महिला लिगमा खेल्नेछिन् । विश्व फुटबलमा अस्ट्रेलियाली महिला फुटबललाई अब्बल दर्जाको रुपमा मानिन्छ ।
नेपालले पछिल्लो पटक खेलेको वुमेन्स एसिया कप छनोटमा सावित्रा कप्तान रहेकी थिइन् । उनले यस अघि भारत, इजरायल र फ्रान्समा पनि व्यावसायिक फुटबल खेलिसकेकी छिन् ।
क्लबको आधिकारिक सामाजिक सञ्जालमा सावित्राले भनेकी छिन्, ‘म धेरै खुसी छु र म धेरै गोल गरेर क्लबका समर्थकलाई खुसी बनाउन चाहन्छु समेत उल्लेख गरेकी छिन् ।