
साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।आज भएको खेलमा नेपाल ७-० गोलअन्तरले विजयी भएको हो ।
बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा नेपालले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ३ गोल थपेकोहो । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको दोस्रो खेलमा नेपालले फराकिलो गोल अन्तरले हराउदै विजयी भएको छ । आज भएको खेलमा नेपाल ७-० गोलअन्तरले विजयी भएको हो ।
बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा नेपालले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ३ गोल थप्यो । ४३औं मिनेटमा सरिता नाथले फ्रिकिकमा गोल गर्दै ३-० को अग्रतामा पुर्याइन् । त्यस्तै ४५औं मिनेटमा कुसुमको प्रहार डिफेन्डरलाई लागेर डिफ्लेक्ट हुँदै गोल भएपछि नेपालले ४-० को अग्रता बनायो ।
दोस्रो हाफको ६७औं मिनेटमा बिर्सनाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता अझै बढाइन् । समिक्षा मगरले ७४औं र ७८औं मिनेटमा गोल गर्दै अग्रता ७-० मा पुर्याइन् ।
९०औं मिनेटमा बिर्सनाको अर्को पेनाल्टी प्रहार भने श्रीलंकन गोलरक्षकले बचाइन् । त्यसपछि गोल भएनन् नेपाल ७-० ले विजयी भयो ।
यसअघि श्रीलंकासँगको पहिलो खेलमा पनि नेपाल ७-० ले विजयी भएको थियो ।
जितपछि नेपाल ४ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बंगलादेश ३ खेलमा अपराजित रहेर ९ अंकका साथ गोलअन्तरमा पछाडि रहेर हाल दोस्रोमा छ ।
बंगलादेशले आजै भुटानसँग खेल्नेछ ।