नेपालको श्रीलंका विरुद्ध सानदार जित


काठमाडौं । नेपालले दक्षिणएसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा श्रीलंका विरुद्ध सानदार जितनिकालेको छ ।
बंगलादेशको राजधानीढाका स्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७–० ले श्रीलंका विरुद्ध विजयी भएको हो ।
नेपालको जितमा मीना देउवाको ह्याट्रि सँगै पूर्णिमा राईले २ गोल गरिन् । मिनाले खेलको ८, ४२ र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरि भने समीक्षा मगर र सरिता नाथले समान १,१ गोल गरे ।
जितसँगै नेपालले तीन खेलबाट ६ अङ्क बटुलेको छ। समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ। नेपालले पहिलो खेलमाभुटानलाई ६–१ ले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। श्रीलङ्काभने प्रतियोगितामा जित विहीन छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ