फ्लडलाइटको टावर काठमाडौं आइपुग्यो

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको काम अन्तर्गतको बहुप्रतीक्षित फ्लडलाइटको टावर काठमाडौं आइपुगेका छन् । यी टावरहरू बुधबार बिहान काठमाडौं आइपुगेका हुन् ।

अहिले ती पोलहरू रंगशाला बाहिर नै राखिएको छ । रात्रिकालीन खेलका लागि आवश्यक पर्ने फ्लडलाइटका पोल भारतबाट ल्याइएको हो ।

पहिलो लटमा तीन वटा टावर र दोस्रो लटमा थप तीन वटा टावर आउने प्रक्रियामा छन्। मैदानमा कुल छ वटा फ्लडलाइटका टावरहरू हुनेछन् ।

टावरमा राखिने लाइट भने युरोपियन देशबाट आयात गरिनेछ । लाइट आउनका लागि अझै करिब ३ द हप्तासम्मको समय लाग्ने अनुमान गरिएको छ । हालसम्म फ्लडलाइटका लागि आवश्यक पर्ने बेस (जग) निर्माणको काम पूर्णरूपमा सकिएको छ भने तारहरू बिछ्याउने कार्य भइरहेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ