साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक

आउँदो अगस्टमा भुटानको थिम्पुमा हुने साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक भएको छ।

अगस्ट २० देखि ३१ सम्म चाङ्लिमिथाङ रंगशालामा सञ्चालन हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतविरुद्ध खेल्नेछ। सोही दिन आयोजक राष्ट्र भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोली मात्र सहभागी छन्।

डबल राउण्ड रोबिन लिगमा खेलिने प्रतियोगितामा सबैभन्दा धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ।

नेपालको खेल तालिका

अगस्ट २० : नेपालविरुद्ध भारत

अगस्ट २२ : नेपालविरुद्ध भुटान

अगस्ट २४ : नेपालविरुद्ध बंगलादेश

अगस्ट २७ : बंगलादेशविरुद्ध नेपाल

अगस्ट २९ : भारतविरुद्ध नेपाल

अगस्ट ३२ : भुटानविरुद्ध नेपाल

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ