नेपाल ओलम्पिक कमिटीको आयोजनामा ओलम्पिक डे २०२५सम्पन्न

नेपाल ओलम्पिक कमिटीको आयोजनामा ओलम्पिक डे २०२५ सोमबार विभिन्न कार्यक्रम गरी भव्य रुपले सम्पन्न गरिएको छ । जुन २३ लाई पूरा विश्व ओलम्पिक डेका रूपमा मनाइँदै आईरहेको ओलम्पिक डे जुन २१ देखी विभिन्न खेल तथा ब्रीक्षारोपन,यौगा,हाईकिङ्ग अघिल्लो दिन गरिएको थियो ।
नेपालमा पनि ओलम्पिक डेका अवसरमा विभिन्न कार्यक्रम गर्दै आइएको छ ।
उक्त अवसरमा कमिटीका पदाधिकारी, प्रशिक्षक, खेलाडी, निर्णायक पत्रकार तथा नेपाली खेलका शुभचिन्तकहरू स्वयभ्मू स्तुप हारती माताको दक्षिणतर्फ भेला भएर सोमबार वृहत र्‍याली आयोजना गरिएको थियो । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेपछि र्‍याली डल्लु स्थित कभर्ड हलमा गएर टुंगेको थियो ।
त्यसै अवसरमा साइक्लिङको र्‍याली पनि आयोजना गरिएको थियो । डल्लु कभर्ड हलमा आयोजित विशेष कार्यक्रममा कमिटीका उपाध्यक्ष तथा ओलम्पिक डे आयोजनाका संयोजक अशोक वज्राचार्यले नेपाली राष्ट्रिय झण्डा झण्डोतोलन गरे । कमिटी अध्यक्ष श्रेष्ठले त्यही अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोतोलन गरे ।

त्यस अवसरमा कमिटीका महासचिव राजीव श्रेष्ठले ओलम्पिक दिवस क्यालेन्डरमा सीमित मिति मात्र नभएर यो एउटा आन्दोलनका रूपमा रहेको बताए । उनले भने, ‘यो यस्तो आन्दोलन हो, जसले हामीलाई खेलकुदमा संलग्न हुन, स्वस्थ र सक्रिय जीवन बिताउन र शारीरिक गतिविधि प्रोत्साहित गर्छ । त्यसै कमिटी अध्यक्ष श्रेष्ठले ओलम्पिकको भावना सबैतिर स्थापित भएको बताए । उनले भने, ‘ओलम्पिक डे मनाउनको अर्थ स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि हो । ओलम्पिक डेले हामीलाई एकता र शान्तिका लागि उत्प्रेरित गरिरहेको हुन्छ । त्यसैले यो दिनको ठूलो महक्त्व छ ।’

कार्यत्रमका अवसरमा कराँते, उसु, जोडो र बि–बोइङको नृत्य प्रस्तुत गरिएको थियो । यस्तै ग्यालेक्सी स्कुलका छात्रा छात्राले नृत्य पनि प्रस्तुत गरे । त्यसै अवसरमा ओलम्पिक डेमा सहभागी हुने सबैलाई सम्मान पत्र पनि प्रदान गरिएको थियो । कमिटी, यस अन्तर्गतका विभिन्न संघ र अन्य खेलसँग जोडिएका संघ संस्थाको आयोजनामा ओलम्पिक डे २०२५ को आयोजनामा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ