नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पुजा राना राष्ट्रिय टोलीको तयारी क्याम्पका लागि भुटानबाट फर्किएकी छन् ।
उनी शनिबार नेपाल आएकी हुन् । उनी अब नेपाली महिला टोलीको क्लोज क्याम्पमा जोडिने छिन् ।
पुजा भुटानी महिला लिगमा ट्रान्सपोर्ट युनाइटेड क्लबबाट खेल्दै आएकी थिइन्। उनी राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबको पनि सदस्य हुन्।
उनले भुटानी लिगमा डेब्यु खेलमै गोल गरी उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।
नेपाली महिला टोलीले उज्बेकिस्तानमा गएर एएफसी वुमन्स एसियन कप क्वालिफायरका खेलहरू खेल्दैछ ।
नेपालले आफ्नो पहिलो खेल जुन २९ मा लाओससँग खेल्नेछ । यस्तै नेपालले श्रीलंकासँग जुलाई २ तथा उज्वेकिस्तानसँग जुलाई ५ मा खेल्नेछ ।
यस समूहको सबै खेल उज्वेकिस्तानमा हुनेछ ।
