
बङ्गलादेशमा आगमी महिना हुने साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिपमा नेपालसहित चार टोलीले सहभागिता जनाउने भएका छन् । जुलाईको ११ देखि २१ सम्म हुने प्रतियोगितामा आयोजक बङ्गलादेश सँगै नेपाल, श्रीलङ्का र भुटान रहेका छन् ।
सहभागी टोलीले एक अर्कासँग डबल राउन्ड रोबिनको आधारमा दुई पटक खेल्नेछ । लिग चरणको खेलमा शीर्ष स्थानमा रहने टोली नै च्याम्पियन घोषणा हुनेछ । दक्षिण एशियाली खेलकुद महासङ्घले हिजो जारी गरेको ‘ड्र’ अनुसार जुलाई ११ को आफ्नो पहिलो खेलमा नेपालले भुटानसँग खेल्नेछ ।