पञ्जाब आईपीएलको फाइनलमा, कप्तानश्रेयसको प्रेरणादायी कप्तानी

काठमाडौं । एक सिजन अघि कोलकातानाइट राइडर्सलाई आईपीएल उपाधि दिलाएका कप्तान श्रेयस अय्यरले यसपटक पञ्जाबलाई पहिलो पटक आईपीएलको फाइनलमा र्पुयाएकाछन् । क्वालिफायर–२ मा पञ्जाबले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजितगर्दै फाइनल यात्रा तय गरेको हो ।
२०४ रनको विशाल लक्ष्य पाएको पञ्जाबले कप्तान अय्यरको ४१ बलमा ८७ रनको तूफानी पारीको मद्दतले एक ओभर बाँकीछँदै लक्ष्य भेट्टायो । अय्यरको पारीमा ५ चौका र ८ छक्का समावेश थिए। यो मुम्बईका लागि आईपीएल इतिहासमै पहिलो पटक २०० भन्दा माथिको स्कोरको रक्षा गर्न नसकेको खेल बन्यो।
पञ्जाबका शशाङ्क सिंहले कप्तान अय्यरको निःस्वार्थ खेल भावना र प्रेरणालाई टोलीको सफलता पछाडिको मुख्य कारण बताए । गुजरात विरुद्धको खेल सम्झँदै शशाङ्कले अन्तिम ओभरमा अय्यरले आफूलाई स्ट्राइक दिने निर्णयकै कारण टोलीले खेल जितेको बताए । त्यही ओभरमा शशाङ्कले २३ रन जोडेर खेल जिताएका थिए।
प्रशिक्षक रिक्की पोन्टिङको अनुसार, गुजरात विरुद्ध २४३ रन बनाएको खेलले टोलीमा आत्म विश्वास भरि दिएको थियो । पोन्टिङ र अय्यरको सहकार्यले युवा खेलाडीहरूमा आत्म विश्वास बढाएको हो।
यस सिजन पञ्जाबका चार अनक्याप खेलाडी – प्रम्भिरमन सिंह, प्रियांशआर्य, शशाङ्क सिंह र नेहाल बाधेरा – ले २५० रन भन्दा बढी योगदान दिएकाछन्, जुनआईपीएल इतिहासमै पहिलो हो।
टोलीकालागि नवनिर्मित आत्मबल र कप्तानको प्रेरणादायी नेतृत्वले पञ्जाबलाई उपाधिबाट अब एक खेल मात्र टाढा र्पुयाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ