बागमती प्रदेशको प्रदेश खेलकुद परिषदले २ करोड १६ लाखको सामान सोझै खरिद


हेटौँडा । बागमतीप्रदेशको प्रदेश खेलकुद परिषद हेटौंडाले २ करोड १६ लाखको सामान सोझै खरिद गरेको पाइएको छ । बितेको आर्थिक वर्षमा खेलकुद परिषद्ले ठुलो रकमलाई ४४ वटा टुक्रा बनाएर विभिन्न फर्महरुलाई वितरण मुखी ढंगले सोझै खरिद गरेको हो ।
सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँ भन्दा माथीको रकममा काम गर्दा ठेक्का मार्फत गराउनु पर्ने कानूनीव्यवस्था रहेको भए पनि २ करोड भन्दा धेरै रकमको काम सोझै खरिद गरेकोमा महाँलेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ ।
खेलकुद परिषद्ले ४४ वटा र्फमबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन र समापन कालागि भनेर खेल स्थलनिर्माण, खेल सामाग्री खरिद, साउण्ड सिस्टम, झण्डा, खादा, छपाइ सम्वन्धी काम लगायतका क्षेत्रमा सोझै खरिद गरेकोमा महाँलेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको हो ।
यसैगरी महाँलेखाले यस परिषद्ले बितेको आर्थिक वर्षमा विभिन्न संघ संस्थालाई दिएको अनुदानका विषयमा पनि प्रश्नउठाएको छ । अनुदान रकम दिए पनि काम भए नभएको र अनुदानको सदुपयोग भएनभएको विषयमा महालेखाले प्रश्न गरको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ