भारतमा कांस्य पदक जितेर स्वदेश फर्किए कुस्ती खेलाडी सुरेश चुनारा


काठमाडौं । भारतमा कांस्य पदकजितेका कुस्ती खेलाडी सुरेश चुनारा स्वदेश फर्किएकाछन् ।
सुरेशसहित अन्य खेलाडी तथा प्रशिक्षक मुमताज अलिइद्रिसी र नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी (सम्राट)को टोली सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत स्वदेश फर्किएको हो । टोलीलाई संघकापदाधिकारी, खेलाडीतथा खेलाडीका परिवार सदस्यहरूले भव्य स्वागत गरे ।
सुरेशले भारतको नयाँदिल्लीमा सम्पन्न यूडब्लूडब्लू एसियन बेल्ट कुस्तीएलिस च्याम्पियनसिपमा कांस्य पदकजितेका हुन् । प्रतियोगितामा तीन नेपाली खेलाडीको सहभागिता रहेको थियो ।
कांस्य पदकजितेर स्वदेश फर्किएपछि सुरेशले यो सिंगो नेपालको जितभएको बताए। ‘म एकदमखुसी छु, मेरो मात्रै जितहोइन सिंगो नेपालीको जितहो । यो राष्ट्रियखेलकुद परिषद्को जित हो । यो नेपाल कुस्ती संघको जितहो । यो हामीसिंगो कुस्ती परिवारको जितहो,’ सुरेशले भने ।
उनले यो एतिहासिक क्षण भएको उल्लेख गर्दै जितका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए।


त्यस्तै प्रशिक्षक अलिले यो जित राष्ट्रियखेलकुद परिषद्ले लामो समयदेखि गराएको प्रशिक्षणको नतिजा रहेको बताए । यो जितनेपालको लागि धेरै ठुलो कुरा रहेको उनको भनाइ छ। ‘जापनीजले पनिआएर भनेको छ कि नेपाल इज स्ट्रोङ, यो मेरो र नेपालको लागि धेरै ठुलो कुरा हो। गर्वको कुरा हो,’ प्रशिक्षक अलिले भने ।
अब नोभेम्बरमा हुने वल्र्ड च्याम्पियनसीपको तयारीमा लाग्ने प्रशिक्षक अलिले जानकारी दिए ।
त्यस्तै संघकाअध्यक्ष कुसारीले यो जितले नेपालली खेलकुदमा इच्छा, आकांक्षा र चाहना राखियो र चुनौतीको सामना गरियो भने सफलता मिल्छ भन्ने कुरा सावित गरेको बताए।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ