सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि धरानका गल्फर सुक्र बहादुर राईलाई

सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि धरानका गल्फर सुक्र बहादुर राईले जितेको छ ।

पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सम्पन्न चार दिने प्रतियोगितामा सुक्रले समग्रमा १७ अन्डर दुई सय ५५ स्कोरको कोर्स कीर्तिमानसहित उपाधि जितेको हो । फाइनल राउन्डमा अन्तिम दिन सुक्रले ६ अन्डर ६२ स्कोर खेलेका थिए।

उपाधिसँगै सुक्रले एक लाख १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे । उक्त गल्फ कोर्समा यसअघि सद्भाव आचार्यको नाममा १५ अन्डर पारको र्कीिर्तमान थियो । सुक्रको यो खेल जीवनको ११औँ उपाधि हो ।

यस्तै चार स्ट्रोकले पछि परेको निरज तामाङ दोस्रो भए । अन्तिम दिन ६ अन्डर ६२प्राप्त निरजले समग्रमा १३ अन्डर दुई सय ५९ स्कोरमा खेलेका थिए ।

निरजले ७० हजार रुपियाँ पुरस्कार प्राप्त गरे। कूल आठ अन्डर दुई सय ६४ खेलेका दिनेश प्रजापति तेस्रो भएसँगै ५० हजार रुपियाँ प्राप्त गरे ।

एमेच्योरतर्फ कूल तीन ओभर दुई सय ७५ स्कोरसहित राहुल विश्वकर्मा पहिलो भए ।राहुल ले निश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले पछि पार्दै उपाधि जितेको हो । ७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योरले प्रतिस्पर्धा गरेका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ